मोबाइल मनीको परीक्षण सुरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मोबाइल मनीको परीक्षण सुरु

काठमाडौँ — नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर सञ्चालन गर्न लागेको मोबाइल मनीको आन्तरिक परीक्षण सुरु भएको छ । यसको नाम ‘नमस्ते पे’ राखिएको छ । सीमित नम्बरबाट आन्तरिक परीक्षण सुरु भएकाले आगामी एक महिनाभित्र व्यावसायिक रूपमा सेवा सञ्चालन गरिने टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

सेवा सञ्चालनका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर जडान जस्ता प्राविधिक काम भइसके पनि अन्य सेवा प्रदायकसँग आबद्धता गराउने काम मात्रै बाँकी भएको उनको भनाइ छ । ‘सेवा सञ्चालनका लागि हरेक बैंकसँग सम्झौता गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘५ वटा जति बैंकसँग सम्झौता र प्रणाली आबद्धताको काम भइसकेको छ ।’ कम्तीमा पनि एक दर्जनभन्दा बढी बैंकसँग कारोबार गर्न मिल्ने गरी व्यावसायिक सेवा सुरु गरिने उनले जानकारी दिए ।

Read More