आईपीओ निष्कासनको तयारीमा रहेको रिलायबल नेपालले गर्‍यो २ अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईपीओ निष्कासनको तयारीमा रहेको रिलायबल नेपालले गर्‍यो २ अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन

वैशाख २८, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रू. २ अर्ब ३२ करोड ३४ करोड ७३ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । 

गत वर्षभन्दा यस वर्ष ९१ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब २१ करोड ५६ लाख ७३ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो । 

आम्दानी २२ प्रतिशत बढेको कम्पनीको खुद नाफा २१ दशमलव ८० प्रतिशत बढेको छ । गत वर्ष रू. २० करोड ३२ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ८० लाख आम्दानी गरेको छ । 

यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. २० करोड ३४ लाख खुद नाफा गरेको छ । गत वर्ष यो नाफा रू. रू. १६ करोड ७० लाख रहेको थियो ।

Read More