काठमाडाैं । सुन्दा अचम्म लाग्न सक्छ । तर तल देखाइएको डिजिटल चित्रको बिक्री करिब ६ करोड ९० लाख डलरमा भएको छ । बिपल भन्ने कम्पनीले उक्त डिजिटल चित्रलाई बेचेको हो ।
यो डिजिटल चित्र त हामीले पनि देख्यौं । त्यस्तो भाउ हुनुपर्ने के छ र भन्ने प्रश्न आउन सक्छ । तर यो हामीले आफ्ना आँखाले देख्न त देख्यौ, तर यसको स्वामित्व भने हामीसँग छैन ।
साधारण शब्दमा भन्ने हो भने हामीले देखेको उक्त चित्र मोनालिसाको पेन्टिङको फोटोकपी हो भने त्यो बिक्री भएको डिजिटल चित्र भने मोनालिसाको पेन्टिङ नै हो ।
यस्तै डिजिटल चित्र, गीत र भिडियोहरुको स्वामित्व आदि बनाउने प्रविधि नै नन फन्जिबल टाेकन अर्थात् एनएफटी (NFT) हो । ...





