वैशाख २७, लन्डन (बेलायत) । विश्वको दोस्रो ठूलो क्रिप्टो करेन्सी इथरको भाउ बढेर पहिलो पटक ४ हजार डलरमाथि उक्लिएको छ ।
सोमवारको कारोबारमा यसको भाउ करीब ७ प्रतिशतले बढी प्रतिगोटा ४ हजार १४१ डलर ९९ सेन्टको उच्चतम् विन्दुमा पुगेको क्वाइन मेट्रिक्सले देखाएको हो ।
पछिल्लो वृद्धिसँगै यसको बजार पूँजीकरण पनि ४ खर्ब ७६ अर्ब ३० करोड डलरमापुगेको छ ।यो विश्वको सबैभन्दा महँगो डिजिटल मुद्रा बिट्क्वाइनको भन्दा आधाभन्दा कमहो ।
सोमवार बिट्क्वाइनको बजार पूँजीकरण ११ खर्ब डलरमा पुगेको थियो । बिहान ८ : ५० बजेको कारोबारमा इथरको भाउ ६ दशमलव ७ प्रतिशतले बढेर प्रतिगोटा ४ हजार १३० डलरमा पुगेको थियो । ...





