प्राइम कर्मर्सियल बैंकमा आगलागी, कम्प्युटर र फर्निचर जलेर नष्ट, यस्तो छ थप विवरण...


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्राइम कर्मर्सियल बैंकमा आगलागी, कम्प्युटर र फर्निचर जलेर नष्ट, यस्तो छ थप विवरण...

चितवन । प्राइम कमर्सियल बैंकमा आगलागी भएको छ । चितवनको भरतपुर–१० चौविसकोठीस्थित रहेको प्राईम कमर्सियल बैँकको शाखामा सोमबार अपरान्ह आगलागी भएको हो ।


चितवन प्रहरीका अनुसार बिजुली तार सर्ट भई आगलागी भएको हो । यसअघि पनि सोहि ठाउँमा रहेको अर्को एक बैंकमा बिजुली तार सट भई आगलागी भएको थियो ।

आगलागीबाट बैंकको काउन्टरमा रहेको कम्पयुटर, प्रिन्टर, फर्निचर लगायतका सामानहरु पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी साँझसम्म नियन्त्रणमा आइसकेको छ ।

नेपाल प्रहरी, नेपाली सेनाको कालीबहादुर गण र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । ...

Read More
  • MBL