नागरिक एपबाट यसरी खोल्नुहोस् बैंकमा खाता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नागरिक एपबाट यसरी खोल्नुहोस् बैंकमा खाता

नागरिक एपबाटै अब बैंक खाता समेत खोल्न सकिने भएको छ । गत बैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सरकारले नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको थियो । 

सम्भव भएसम्मका सबै सरकारी तथा सार्वजनिक सेवा एउटै एपबाटै प्रदान गर्ने उद्देश्यले गत माघ २ गते नागरिक एपको बेटा भर्सन सार्वजनिक गरिएको थियो । 

नागरिक एपको फुल भर्सन सार्वजनिक भएपछि त्यसमा नयाँ सुविधा समेत थप भएका छन् । जसमा एउटा सुविधा हो बैंक खाता खोल्न सकिने । हाललाई नागरिक एपबाट नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । 

नागरिक एपबाटै खाता खोल्न सकिने भएपछि कागजात बोकेर तथा पहिचान प्रमाणीकरण गराउन बैंकमा पुग्नुपर्ने बाध्यता अब हुने छैन् । यो सेवा प्रयोग गर्न तपाईसँग आफ्नो नागरिक एप भएको मोबाइलसँगै अर्को कम्प्युटर वा स्मार्टफोन हुन जरूरी छ । 

यति भएपछि दुबै डिभाइसमा इन्टरनेटको आवश्यकता पर्नेछ । इन्टरनेट छ भन्ने निश्चित भइसकेपछि कम्प्युटर वा नागरिक एप नभएको अर्को मोबाइलमा कुन बैंकमा खाता खोल्ने हो उक्त बैंकको वेबसाइट खोल्नुहोस् । वेबसाइटमा गएपछि अनलाइनबाट बैंक खाता खोल्ने विकल्पमा जानुहोस् ।

त्यहाँबाट नागरिक एप हुँदै अगाडि बढ्नुहोस् । त्यसपछि त्यहाँ एउटा क्युआर कोड देखिन्छ । क्युआर कोड देखिएपछि आफ्नो मोबाइलमा भएको नागरिक एपमा जानुहोस् र एपको दाँया कुनामा रहेको क्युआ कोड स्क्यानर खोल्नुहोस् । ...

Read More