काठमाडौं । अहिलेको समयमा प्रविधिसँगै आम्दानीका तरिकाहरु पनि बढिरहेका छन् । इन्टरनेटको सहयोगमा कुनै पनि व्यक्तिले घर बसेरै पैसा कमाउन सक्छन् ।
कतिपय मानिसहरु शपिङका लागि घरबाट बाहिर निस्किदैनन् । किन भने घरबाटै अनलाइन शपिङ गर्दछन् । अहिलेको समयमा हरेक चिजवस्तु अनलाइनमा बिक्री हुन थालेका छन् ।
चाहे त्यो कपडा होस् वा मोबाइल तथा कम्प्युटर । रासन होस् वा इलेक्ट्रोनिक उपकरण । हरेक प्रकारका सामान वेबसाइटमा सहजै फेला पार्न सकिन्छ ।
त्यसैले त अहिलेको समयमा धेरैजसो मानिसहरु अनलाइन व्यापारमा रुची देखाइरहेका हुन्छन् । सँगसँगै यसका लागि ब्लग र वेबसाइट बनाउने काम पनि बढ्दो छ ।
विभिन्न सामाजिक सञ्जालमा ग्रुप बनाएर आफ्ना सामान बिक्री गर्ने अभ्यास पनि बढ्दो छ । यसबाहेक अर्को तरिका पनि छ, जुन अनलाइन ब्यापार गर्नेहरुका लागि लाभदायक हुने गर्दछ ।
जसको नाम हो अफिलिएट मार्केटिङ । यदि तपाईं ब्लगर हो वा अनलाइन ब्यापार गर्नुहुन्छ भने अफिलिएट मार्केटिङको नाम अवश्य सुनेको हुनुपर्छ ।
तर यदि तपाईंले यसको बारेमा थाहा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुहोस् । आज हामी तपाईंलाई यसको बारेमा विस्तृत रुपमा बताउँदै छौं ।
सुरुमा अफिलिएट मार्केटिङ के हो भन्ने विषयमा चर्चा गरौं । अफिलिएट मार्केटिङ आम्दानीको एउटा यस्तो तरिका हो, जसमा एउटा व्यक्ति आफ्नो कुनै अनलाइन सर्च (उदाहरणका लागि ब्लग, वेबसाइट वा सामाजिक सञ्जाल ) मार्फत कुनै अन्य कम्पनीका उत्पादनको मार्केटिङ गर्दछ अथवा प्रवर्द्धन गर्दछ ।
यसको बदलामा कम्पनीले त्यस्तो व्यक्तिले हरेक बिक्रीमा निश्चित कमिसन वा रकम उपलब्ध गराउँछ । यद्यपी जुन कमिसन प्राप्त हुन्छ, त्यो सम्बन्धित उत्पादनमा निर्भर हुन्छ । यस्ता धेरै कम्पनी छन्, जो अफिलिएट कार्यक्रम चलाउने गर्दछन् ।
ता कि उनीहरु धेरै भन्दा धेरै मानिसहरुमाझ आफ्नो उत्पादन पुर्याउन सकुन् । यसका लागि जो व्यक्तिले आफ्नो वेबसाइट वा ब्लग मार्फत रेकमेन्ड (सुझाउने काम) गर्दछ, उसलाई कम्पनीले रकम दिने गर्दछ ।
यसबाट कम्पनी र उसका लागि मार्केटिङ गर्ने व्यक्ति दुवैलाई राम्रो फाइदा पुग्छ । अफिलिएट मार्केटिङमा जोडिएर काम गर्नु निकै सहज काम हो ।
किन भने यसबाट हरेक त्यस्तो व्यक्तिले पैसा कमाउन सक्छ, जसले अनलाइन व्यापार गर्दछ । खासगरी यो त्यस्ता ब्लगर वा युट्युवरका लागि पनि एउटा राम्रो तरिका हो, जसको ब्लग गुगल एडसेन्सबाट अप्रुभ हुन सकिरहेको हुँदैन ।
राम्रो कुरा के छ भने जो ब्लगरले गुगल एडसेन्सको प्रयोग गर्दछन्, उनीहरुको बुझाईमा अफिलिएट मार्केटिङ गुगल एडसेन्सभन्दा पनि राम्रो छ । किन भने यसबाट हुने आम्दानी गुगल एडसेन्सभन्दा बढी हुने गर्दछ ।
कसरी काम गर्छ अफिलिएट मार्केटिङ ? ...





