सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफर

२७ वैशाख, काठमाडौं । आजबाट सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा पठाइने भएको छ । महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनसार यसअघि परम्परागत रुपमा रकम कट्टी गरि कोषमा पठाउने गरिएको थियो ।

तर, सरकारी कर्मचारीको २०७८ सालको वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम समेत अनलाइनबाट रियल टाइममा पठाउन शुरु गरिएको हो ।

‘अब पारिश्रमिक बैंक खातामा आएकै समयमा कोषमा कट्टी हुने रकम समेत जान्छ,’ यसबाट मानवीय कमजोरका कारण हुने ढिलासुस्ती कम हुनेछ ।’ अब कुनै कर्मचारीको पारश्रमिक भुक्तानी हुनासाथ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा कट्टी हुने रकम समेत एकै पटक जाने छ ।

Read More