२६ वैशाख, काठमाडौं । कारोनाको त्रास पुनः बल्झिएसँगै देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । धेरै क्षेत्रहरु बन्द भए पनि दैनिक उपभोगीयसँगै अन्तत अत्यावश्यक बैंकिङ, बिमा लगायतका क्षेत्रहरुले निषेधाज्ञामा पनि सेवा सुचारु नै राखेका छन् ।
गत वर्ष पूर्ण लकडाउन हुँदा समेत निरन्तर सेवा दिएका बैंकहरुले यसपालि पनि सेवा निरन्तर नै दिइरहेका छन् । बैंकका कर्मचारीहरु पनि पछिल्लो समय ठूलो संख्यामा संक्रमित भएका छन् । नविल बैंकमा मात्रे अहिले करिब एक सयको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय रेग्मी संक्रमणको बैंकिङ क्षेत्रका कर्मचारीहरुमा पनि पछिल्लो समय संक्रमणको दर उच्च रहेको बताउँछन् । नविल बैंककामात्रै सय हाराहारीमा कर्मचारीहरु संक्रमित भएका छन् ।
संक्रमण नभएका कर्मचारीहरुले भने अहिले पनि सेवा निरन्तर दिइरहेका छन् । नविल बैंकले उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गरिरहेको उनले बताए । ‘हामीले २५ प्रतिशत शाखा कार्यालय खोलेका छौं भने प्रधान कार्यालयमा २० प्रतिशतमात्रै कर्मचारी राखेर काम गरिरहेका छौँ’ डेपुटी सीईओ, ‘सरकारको निर्देशन, स्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा हामीले पालना गरिरहेका छौँ, कहिले कुन शाखा कहिले कुन शाखा मिलाएर खोलिरहेका छौं ।’
बैंकहरुले आलोपालो प्रणाली अनुसार एक दिन बानेश्वरको शाखा खोल्यो भने अर्को दिन बानेश्वर नजिकको अर्को शाखा खोल्ने गरेका छन् । मनजिकैको शाखा खोल्दा बैंक आउनै पर्ने सेवाग्राहीले पनि धेरै दुःख नपाउने डेपुटी सीईओ रेग्मी बताउँछन् ।
सकेसम्म बैंक नआउन आग्रह ...





