नीलेश मान सिंह प्रधान
सिइओ, नेपाल क्लियरिङ हाउस
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) नेपाल राष्ट्र बैंकको नेतृत्व र मार्गदर्शनमा सञ्चालित इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) संस्था हो । ८ पुस २०६५ मा स्थापित यस संस्थामा राष्ट्र बैंक, वाणिज्य बैंकहरू, विकास बैंकहरू, फाइनान्स कम्पनीहरू र स्मार्ट चोइस टेक्नोलोजिज (एससिटी) को हिस्सेदारी छ । सुरुमा चेक क्लियरिङबाट सेवा प्रारम्भ गरेको एनसिएचएलले हाल आइपिएस, कनेक्ट आइपिएसलगायत भुक्तानीका अन्य वैकल्पिक माध्यमहरूका लागि आवश्यक पूर्वाधारसहित ६ वटा पूर्वाधारहरू स्थापना गरिसकेको छ । अहिले प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवाप्रदायक संस्थाहरू, नेपाल सरकारका विभिन्न निकायहरू तथा सिआइटीलगायत लार्ज फन्ड म्यानेजरहरू कुनै न कुनै रूपमा एनसिएचएलसित आबद्ध छन् ।





