एटीएमको शुरुवात गर्ने ‘एससीटी’ : नयाँ प्रविधिसहित नयाँ जोश


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एटीएमको शुरुवात गर्ने ‘एससीटी’ : नयाँ प्रविधिसहित नयाँ जोश

२६ वैशाख, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) डिजिटल बैंकिङका लागि ज्यूँदो इतिहास हो । नेपालमा एटीएम सेवाको शुरुवात गर्ने नेपाली ब्राण्ड नै एससीटी हो ।

सन् २००१ मा सञ्चालन अनुमति पाएको यसले कारोबार आरम्भ गर्न भने दुई वर्ष लाग्यो । सन् २००३ देखि व्यवसाय शुरू गरेको एससीटीले नै हिमालयन बैंकसँगको सहकार्यमा एटीएम सेवा सञ्चालनमा ल्याएको थियो ।

भुक्तानी सेवा अपरेटर (पीएसओ)को रूपमा नेपाल केन्द्रीय बैंकबाट इजाजत लिएर कारोबार शुरू गरेका विभिन्न वाणिज्य बैंकहरू, विकास बैंकहरू, पीएसपी (भुक्तानी सेवा प्रदायक) र नेपालका अन्य वित्तीय संस्थाहरूलाई विभिन्न प्रकारका कार्डहरू र भुक्तानी प्लेटफर्म प्रदान गरिरहेको छ ।

जतिबेला यसले सेवा शुरू गर्‍यो, त्यसबेला कार्ड व्यवसाय गर्ने हिम्मत कमै बैंकहरूको थियो । पछि कार्ड शुरू गरेकाहरूले पनि विदेशी कार्ड चलाए । त्यहीं पनि एससीटीले एकपछि अर्को व्यवसाय बढाउँदै गयो ।

‘शुरूमा कार्ड व्यवसाय गर्न सबै बैंकहरू सक्दैनथे तर पछि बजारमा निकै राम्रो प्रभाव बढ्दै गयो,’ एससीटीका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्के सुनाउँछन् ।

समय गुज्रिंदै जाँदा आवद्ध हुने बैंकहरूको संख्या थपिंदै गयो । एससीटी दिनप्रतिदिन अब्बल हुँदै गयो । नेपाली ब्राण्ड भएर एससीटीको जुन साख थियो त्यो केही वर्ष टिके पनि सदाबहार भने हुन सकेन ।

एससीटीले आफ्नो सेवा र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेरहरू, चीनको युनियन पे इन्टरनेशनल, अमेरिकाको पल्स नेटवर्क र भारतको एफएसएससँग सहकार्य गरी काम गरिरहेको छ ।

अन्तर्राष्ट्रिय कम्पनीसँगको प्रतिस्पर्धा, समय अनुसार नयाँ प्रविधिहरू भित्र्याउन ढिला गर्दा कम्पनीको व्यवस्थापन कमजोर भयो । एससीटी ओझेल पर्दै गयो ।

वित्त बजारमा अन्य विदेशी कार्डहरू भित्रन थाले । विदेशी कार्डहरू जति भित्रिंदै गए एससीटी कमजोर हुँदै गयो । एक हिसाबले भन्दा एससीटीले आफ्नो व्यवसायको निकै ठूलो हिस्सा गुमायो ।

नयाँ व्यवस्थापन, नयाँ जोश ...

Read More