सानिमा बैंकलाई आधारभूत र प्राविधिक कोणबाट हेर्दा कस्तो देखिन्छ अवस्था ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकलाई आधारभूत र प्राविधिक कोणबाट हेर्दा कस्तो देखिन्छ अवस्था ?

काठमाडौं : सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४.९६% ले खुद नाफा वृद्धि गरी १ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले नाफाबाट वैधानिक रिजर्भमा ४३ करोड २८ लाख १६ हजार रुपैयाँ छुट्याएको छ । यस्तै, नियामकीय रिजर्भ १ करोड ३८ लाख २८ हजार रुपैयाँ नकारात्मक छ ।

वैधानिक रिजर्भ अन्तर्गत साधारण जगेडा ३७ करोड १२ लाख, क्यापिटल रिडेम्सन रिजर्भ ३ करोड ९६ लाख रुपैयाँ, विनिमय उतारचढाव कोष ३३ लाख ७८ हजार रुपैयाँ तथा सामाजिक उतारदायित्व कोषमा १ करोड ८५ लाख ६१ हजार रुपैयाँ राखेको छ । वैधानिक रिजर्भ तथा नियामकीय रिजर्भ दुवैमा रकम स्थानान्तरण पछि बैंकको वितरणयोग्य नाफा १ अर्व ४० करोड ९५ लाख रुपैयाँ छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.९०% ले बढेर ३ अर्ब २७ करोड पुगेको छ । गत वर्षको यसै अवधिमा ३ अर्ब २४ करोड २७ लाख रुपैंया खुद ब्याज आम्दानी गरेको थियो । फि कमिसनमार्फत हुने आम्दानी झण्डै ४% ले बढेर ३ अर्ब ९३ करोड ५६ लाख रुपैंया पुगेको छ ।

Read More
  • MBL - below news