निषेधाज्ञामा इन्टरनेट : बेलुकी ७ देखि १० बजसेम्म १ टीबीपीएससम्मको ब्याण्डविथ खपत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
निषेधाज्ञामा इन्टरनेट : बेलुकी ७ देखि १० बजसेम्म १ टीबीपीएससम्मको ब्याण्डविथ खपत

काठमाडौं । गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायक सङ्घ, नेपाल (आईस्पान)का अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए ।

घरमै बस्दा पनि अन्य समयको तुलनामा इन्टरनेटको प्रयोग बढ्ने हुनाले ब्यान्डविथ खपत बढिरहेको उनले बताए । उनका अनुसार दिनमै पनि अन्य दिनको पिक आवरजस्तै ब्यान्डविथ खपत भइरहेको छ ।

निषेधाज्ञाअघि पिक आवरभन्दा अन्य समयमा औषतमा ६०० जीबीपीएससम्म ब्यान्डविथ खपत हुने गरेकामा अहिले त्यस्तो खपत दिउँसो नै ९०० जीबीपीएससम्म पुगेको पराजुलीले जानकारी दिए ।

पिक आवरमै भने १ टीबीपीएससम्म इन्टरनेट खपत भइरहेको छ । सामान्यतः साँझ ७ः०० बजेदेखि राति १०ः०० बजेसम्मको समयलाई नेपालको इन्टरनेट प्रयोगका हिसाबले पिक आवर मानिन्छ ।...

Read More