नागरिक एप बनाउन सरकारको एक रुपैया पनि खर्च भएको छैन– प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नागरिक एप बनाउन सरकारको एक रुपैया पनि खर्च भएको छैन– प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली

नागरिक एप बनाउन सुरुदेखि काम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अस्गर अलीले नागकिर एप बनाउन नेपाल सरकारको एक रुपैया पनि खर्च नभएको बताएका छन् । 

शनिबार डिजिलट संवादमा सहभागीहरुको प्रश्नमा उनले नेपाल सरकारले एप बनाउन एक रुपैया पनि खर्च नभएको बताए ।

‘एक जना सहभागीले यो एप बनाउन एक करोड ४० लाख खर्च गरेको भनेर प्रश्न गर्नु भएको छ,’ अलीले भने, ‘यसमा इन्टेरेष्टिङ कुरा छ, यो एप बनाउन नेपाल सरकारको एक रुपैया पनि खर्च भएको छैन् ।’

नेपाल सरकारले नागरिक एप सार्वजनि गरेको आजेको दिनसम्म सरकारको एक रुपैया पनि खर्च नभएको बताए । 

यो एप बनाउन एक टिमले कन्सेप्ट दिएको र त्यो कन्सेप्टलाई नेपाल सरकारले विभिन्न कम्पनीमा टेस्टिङ गरेर त्यसलाई कार्यान्वयमा ल्याएको छ। 

कार्यक्रममा नागकिर एप फिचर र आगामी दिनमा यसमा थपिने सुविधाको बारेमा बताएका थिए । 

उनले तीनवटा फेजमा काम गर्ने बताए । अवको एक वर्षमा डाटा क्लिननेसमा काम गर्ने, दोस्रो चरणमा इन्टिग्रेसनमा र तेस्रा चरणमा पूर्ण रुपमा कार्यान्वयनमा लैजाने बताए । 

अहिलेसम्म नागरिक एपमा राखिएका सेवाबाट राम्रो प्रतिफल आएको पनि उनले बताए । 

एक सफल कामको रुपमा प्यान नम्बर वितरण रहेको भन्दै यो एप सार्वजनिक भएको तीन महिनामा १० हजार जनाले स्थायी लेखा नम्बर (प्यान) लिएको जानकारी गराए । 

त्यसैगरी, नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको छ । ‘नागरिक एपमा यी दुई कुरा सफलताका उदाहरण हुन,’ उनले भने, ‘यही सफलतालाई आधार मानेर थप सुविधाहरु थपिदै छ ।’

त्यसैगरी, उनले नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने बताए ।  ...

Read More