आधार दर र प्रिमियम दर के हो ? जसबाट बैंकले व्याज निर्धारण गर्छन् !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आधार दर र प्रिमियम दर के हो ? जसबाट बैंकले व्याज निर्धारण गर्छन् !

नेपाल राष्ट्र बैंक अहिले ऋणको व्याजदरमा प्रिमियम तोक्ने तयारीमा छ । कुनै पनि बैंकले व्याजमा ग्राहक ठग्न नपाउन् भनेर प्रिमियम तोक्न लागिएको हो । प्रिमियम भनेको के हो त ? यस अघि नै बैंक वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ऋणको ब्याज दर निर्धारण गर्नेगरी आधार दर तोकेको छ । आधार दरमा केही प्रिमियम जोडेर बैंकका ऋणीसँग व्याज निर्धारण गरेर बैंकहरुले व्याज तय गर्दे आएका छन् । तर बैंक तथा वित्तीय संस्थाहरुले प्रिमियम धेरै लिएर व्याज चर्को बनाउने गरेको तत्थ्य एनआईसी एसिया बैंकको पछिल्लो घटनाक्रमले देखायो । सो बैंकको चर्को व्याजले ग्राहकहरु त्रसित भए । सो बैंकले लिएको व्याज कल्पना भन्दा बाहिर गयो । सुरुमा कम व्याज लिने र पछि चर्को व्याज लिने तिर्न नसके सम्पति लिलाम गर्ने बैंकको रणनीति देखियो । जसकारण प्रिमियम तोक्ने तयारीमा राष्ट्र बैंक लागेको हो ।

अब आधार दरमा थपीने प्रिमियम पनि केन्द्रीय बैंकले निर्धारण गर्ने छ । आधार दरमा थपीने प्रिमियमपछि बैंकबाट कर्जा निकाल्ने ऋणीको ब्याज बैंकले चर्को गर्न पाउँदैन । कुनै बैंकको आधार दर ६ प्रतिशत छ भने बैंकले ग्राहक र जोखिम अनुसार प्रिमियम लिन पाउने व्यबस्था छ । जसमा आधार दर ६ हुँदा ५ प्रतिशत प्रिमियम जोड्दा ११ प्रतिशत हुन्छ । हाल राष्ट« बेंकले प्रिमियम ५ प्रतिशत तोक्ने तयारी गरेको छ । यसअघि बैंकहरुलाई प्रिमियम दर तोकिएको थिएन । आधारदर मात्रै तोकिएको थियो । आधारदर ७ रहँदा प्रिमियम धेरै जोडेर बैंकले व्याज लिने नयाँ बाटो बनाएको भन्दै राष्ट्र बैंकले प्रिमियम दर तोक्ने तयारी गरेको छ ।

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर अर्थात बेस रेट हो । बेस रेटमा बैंकहरुले प्रिमियम थपेर ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । आधार दर भन्दा बढी कुनै पनि बैंक तथा बित्तीय संस्था ले ब्याजदर लिन पाउंदैनन् । कर्जाको ब्याजदर आधार दर अर्थात बेस रेट मा लिङ्क गरेको हुन्छ । आधार दर जहिले पनि तीन तीन महिनामा घट,बढ हुने गर्दछ । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । ...

Read More
  • MBL - below news