एसियन लाइफ नेपाल क्लियरिङ्ग हाउससँग आवद्ध, आजैबाट कारोबार गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एसियन लाइफ नेपाल क्लियरिङ्ग हाउससँग आवद्ध, आजैबाट कारोबार गर्न सकिने

काठमाडौँ / एसियन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरू एन.आई.सि.एसिया बैंकमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुनेगरी एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । 

एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल आईपीएस प्रणालीहरू मार्फत स्वचालित रुपमा एसियन लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू गर्न सकिनेछ । 

एसियन लाइफले बीमा प्रिमियम सङ्कलनका लागि पहिले देखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्था पछी कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ ।

Read More
  • MBL - below news