सामान्य चिया पसलदेखि तरकारी बजारसम्म भुक्तानीका लागि आकर्षक माध्यम बन्दै आएको छ – क्युआर कोड । अझ महामारीको समयमा पैसाको कम कारोबार गर्न क्यासलेस माध्यम अर्थात् क्युआर कोडको प्रयोग दैनिक बढ्दो क्रममा छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानी लगातार बढ्दो क्रममा छ । साना–साना कारोबार पनि क्युआर कोड स्क्यान गरेर सहजै गर्न सकिने भएकाले यसको आकर्षण बढ्दो छ । तर, यसको प्रयोगमा केही समस्या रहँदै आएको व्यापारीहरू बताउँछन् । यस सन्दर्भमा आफ्नो पसलमा ग्राहकलाई क्युआर कोडमार्फत कारोबार सुविधा उपलब्ध गराउँदै आएका केही व्यापारीहरूसँग बैंकिङ खबरले कुराकानी गरेको छ ।





