एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरु विरूद्ध प्रदान गरिने बीमा दाबी भुक्तानी गरेको छ।
सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार ८ सय ४१ रूपैयाँ विमा दावी भुक्तानी भईसकेको बैंकले बताएको छ।
बैंकले उक्त भुक्तानीे इन्योरेन्स पार्टनर शिखर इन्योरेन्स मार्फत गरेको हो।
बैंकको तलब खाता योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्डको साथै सात लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ।








