इन्टरनेट प्रविधि : सबलता भर्सेस दुर्बलता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्टरनेट प्रविधि : सबलता भर्सेस दुर्बलता

इन्टरनेट प्रविधिको खोज सुरुवात इलेक्ट्रोनिक कम्प्युटरसँगसँगै सन् १९५० ताका भएको पाइन्छ । सन् १९६० ताका इन्टरनेटको प्रयोग प्रारम्भ गरिएको भए तापनि प्रयोग निकै सीमित थियो । इन्टरनेटको ठेट डिपाचार (सुरुवात) सन् १९८३ जनवरी १ मा मात्र भएको हो । सन् १९९० पूर्व इन्टरनेट प्रयोग गर्ने गरिएको भए तापनि त्यो मूलतः अध्ययन–अनुसन्धानको क्षेत्रमा सीमित थियो ।
सन् १९९० पश्चात् इन्टरनेटको क्षेत्रमा निरन्तर र अनेकौं खोज, अनुसन्धान तथा प्रयोगहरू भएका छन् । सन् १९९१ मा वल्र्ड वाइड वेभको सार्वजनिकपश्चात् इन्टरनेटको प्रयोगले विशेष बढावा पाएको हो ।

 सन् १९९२ मा दोस्रो पुस्ता अर्थात् टुजी मोबाइल प्रविधि सुरुवात भएको पाइन्छ । यो आफैंमा डिजिटल प्रविधिको थियो । तथापि, ती ताका इन्टरनेट स्पिड भने १० देखि २ सय किलोबिट प्रतिसेकेन्डभन्दा अधिक थिएन । इन्टरनेटको प्रवद्र्धनार्थ सन् १९९२ मा रोबोर्ट कन र भिन्टक्रेफले इन्टरनेट सोसाइटी स्थापना गरेका थिए । सन् १९९३ मा डीएमटी (डाइरेक्ट मल्टी टोन) प्रविधिको विकास गरिएको थियो । सन् १९९६ मा बे्रव स्टसकहले अर्काइभ (इमेल पठाउन सहयोग हुने) पत्ता लगाएका थिए । सोही वर्ष डा. हेनिङ सुुलार्जीले भीओआईपी इन्टरनेट प्रोटोकलको आविष्कार गर्न पुगेका थिए । सन् २००१ मा जिम्मी वेल्सले विकिपिडियाको सुरुवात गरे । सन्् २००५ मा युट्युब पहिल्याइयो । सन् २००७ आईफोन मोबाइल वेब सुरु भयो । सन् २००८ मा गुगल विश्वकै अग्रणी सर्च इन्जिन बन्यो । सन् १९९५ मा १ प्रतिशत मानिसको पहँुचमा सीमित इन्टरनेट सन् २००० मा ६.८ प्रतिशत, सन् २००५ मा १५.८ प्रतिशत हुँदै सन् २०२१ जनवरीसम्ममा ५९.५ प्रतिशतमा पुगेको छ । वास्तवमै उत्साहजनक आँकडा हो यो ।

Read More