निषेधाज्ञामा ग्राहकले शुल्क भुक्तानी नगरे पनि इन्टरनेट र टेलिफोन नकाट्नु : दूरसञ्चार प्राधिकरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
निषेधाज्ञामा ग्राहकले शुल्क भुक्तानी नगरे पनि इन्टरनेट र टेलिफोन नकाट्नु : दूरसञ्चार प्राधिकरण

दूरसञ्चार सेवाको नियामक निकाय दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई निषेधाज्ञा भरी ग्राहकको इन्टरनेट तथा टेलिफोन नकाट्न आग्रह गरेको छ ।

प्राधिकरणले निषेधाज्ञामा ग्राहक घर भित्रै रहेको र सेवा प्रयोगबापतको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा रहेको भन्दै यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय निषेधाज्ञा पनि काठमाडौं उपत्यका सहित देशैभर इन्टरनेटको माग बढिरहेको छ अघिपछि भन्दा ३० प्रतिशत इन्टरनेट व्यान्डवीथ बढी खपत भइरहेको सेवाप्रदायकले बताउदै आएका छन् । यस्तो अवस्थामा पनि सेवाप्रदायकलाई नियामकले यस्तो आग्रह गरेको छ ।

Read More