सार्थक बन्दै डिजिटल अभियान : कारोबार संख्यामा चेक पहिलोपटक पछाडि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सार्थक बन्दै डिजिटल अभियान : कारोबार संख्यामा चेक पहिलोपटक पछाडि

नेपालमा चलिरहेको डिजिटल बैंकिङ अभियान व्यावहारिक रूपमै सार्थक बन्दै गएको कारोबार संख्याले पुष्टि गरेको छ । नेपाल क्लियरिङ हाउस (एनसिएचएल) मार्फत हुने कारोबारमा ९ वर्षदेखि पहिलो नम्बरमा रहँदै आएको चेक चालु आर्थिक वर्षको ९ महिनामा दोस्रो नम्बरमा पुगेको छ । चालु आवको चैत मसान्तसम्ममा चेकलाई कनेक्ट आइपिएसले पछाडि पारेको हो ।

चालु आवको ९ महिनामा कनेक्ट आइपिएसअन्तर्गत करिब १ करोड १७ लाख कारोबार भएको एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीलेश मान सिंह प्रधानले बैंकिङ खबरलाई जानकारी दिनुभएको छ । त्यस्तै, आइपिएसतर्फ कारोबार संख्या ८५ लाख पुगेको छ । सिइओ प्रधानका अनुसार समीक्षा अवधिमा एनसिएचएलले करिब १ करोड १० लाख चेक क्लियर गरेको छ । सेवा आरम्भको पहिलो वर्ष (आर्थिक वर्ष २०६८/६९) मा एनसिएचएलले करिब ५ लाख चेक क्लियर गरेको थियो ।

Read More