ईसेवाबाट नै मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिन सकिने भएको छ । कम्पनीले आज देखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयलाई आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाका कारण असहज भएपछि इसेवाबाट नै आईपिओमा आवेदन दिन सकिने ब्यबस्था गरिएको हो ।
बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सिन्धुपाल्चोक मै स्थायी बसोबास गरिरहेका र डिम्याट खाता हुनेहरुले ईसेवाबाट नै आवेदन दिन सक्ने छन् । यसको लागि इसेवामा रहेको MBJCL - IPO (Local People) अप्सन छान्नु पर्ने छ । त्यस पछि सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नु पर्ने छ । त्यस्तै आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नु पर्छ । बैंकमा आउने भए बैंकको विवरण हाल्नु पर्छ । त्यसपछि प्रोसिड क्लिक गरि आवेदन दिन सकिन्छ। ...




