नेपाल राष्ट्र बैंकले सेवाग्राहीको समस्यालाई सम्बोधन गर्न अधिकारीहरू तोकेको छ । बैंकले सूचना जारी गरी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवाहरूलाई थप प्रभावकारी बनाउन, सर्वसाधरणको जिज्ञासाको जवाफ दिन एवम् सुझाव लिन तथा सेवाग्राहीलाई परेको समस्या सम्बोधन गर्न बैंकले अधिकारीहरू तोकेको हो ।
जसअन्तर्गत विप्रेषण (रेमिटान्स), विदेशी मुद्रा सटरी, टीटी, प्रतीतपत्र तथा विदेशी विनिमय कारोबारसम्बन्धी सम्पूर्ण विषयहरूका सम्बन्धमा विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेललाई फोन नम्बर ९८५१०२४८५३ साथै [email protected] मा सम्पर्क गर्नु पर्ने छ ।




