काठमाडौं । अब सहकारीहरुबीच विद्युतीय भुक्तानी कोराबोर गर्न सकिने भएको छ । यसका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आफ्ना सदस्य संस्थाहरुका लागि अन्तरसहकारी विद्युतीय भुक्तानी प्रणाली सुरु गरेको छ ।
राष्ट्रिय आईसीटी दिवसकाे अवसर पारी नेफ्स्कुनले आइतबारबाट याे प्रणाली कार्यान्वयनमा ल्याएकाे हाे । नेफ्स्कुनमा आबद्ध सहकारी संस्थाहरूकाे सहजताका लागि भुक्तानी सेवा सुरु गरिएकाे संघका अध्यक्ष परितोष पौड्यालले जानकारी दिए ।
नेफ्स्कुनले यो सेवालाई ‘कनेक्ट साकोस’ को नाम दिएको छ । अध्यक्ष पौड्यालका अनुसार अन्तरसहकारी भुक्तानी काराेबारमा अब नेफ्स्कुनका सदस्यद्वारा जारी भुक्तानी पूर्जा फरफारक तथा अन्तरसाकोस सदस्यहरूबीच भुक्तानी सेवामा सहजता हुनेछ ।





