काठमाडौं / मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको शुरुवात गरेको छ । हाल व्याप्त कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगार्थ मेटलाइफले यस कार्यक्रमको शुरुवात गरेको हो ।
यसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दावीमा ३ कार्यदिन भित्रै दू्रतमार्गी बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस अन्तर्गत दावीकर्तालाई बीमा दावीकालागि आवश्यक कागजातहरु अनलाइननै पेश गर्न सक्ने सुविधा दिइएको छ भने लाभार्थीले दावी भुक्तानी तीन कार्यदिन भित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले अधिक जानकारीकालागि सरल चरणबद्ध निर्देशनहरुको अनुशरण गर्न सक्नेछन् ।




