सिटी एक्सप्रेस अष्ट्रेलियाबाट कोभिड–१९ का लागि अत्यावश्यक रकम ३० मिनेटमै निःशुल्क पठाउन सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटी एक्सप्रेस अष्ट्रेलियाबाट कोभिड–१९ का लागि अत्यावश्यक रकम  ३० मिनेटमै निःशुल्क पठाउन सकिने

काठमाडौँ / सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले  नेपालमा पुनः देखिएको कोभिड - १९ लाई मध्येनजर गर्दै विशेष किसिमको सुविधा ल्याएको छ । 

कम्पनीले अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने  तथा  पठाइएको रकम  ३० मिनेट भित्र तुरुन्तै पु-याउने योजना ल्याएको हो । 

सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउदा नेपाल  भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ ।

रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको  वेब साइट (www.cityexpressmoneytransfer.com.au) बाट पठाउन सकिन्छ ।

कोभिड - १९ को कारण यस बिषम् परिस्थितिमा सिटि एक्सप्रेस मनि ट्रान्सफरका गा्रहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोच ले योे योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाका डाईरेक्टर समिप कट्वालले जनाएका छन्  । 

Read More