आजैदेखि फाइभ जी र डिजिटल पेमेन्ट ‘नमस्ते पे’को परिक्षण शुरुवात


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आजैदेखि फाइभ जी र डिजिटल पेमेन्ट ‘नमस्ते पे’को परिक्षण शुरुवात

सरकारले सूचना तथा प्रविधि दिवसको अवसारमा फाइवजी र नेपाल टेलिकमको डिजिटल भुक्तानी कम्पनी नमस्ते पेको परीक्षण सुरु गरेको छ ।

 

सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले गुरुङले आजैदेखि फाइभ जीको परीक्षण शुरुवात भएको जानकारी दिए । तत्कालका लागि नेपाल टेलिकमबाट फाइभ जीको परीक्षण शुरुवात गरिने उनको भनाई छ ।

‘अहिले हामीले फोरजी सेवा ७७ वटै जिल्लामा पुर्याइसकेका छौं, यद्यपि केही जिल्लामा अझै समस्या छ,’ उनले भने ।

त्यसैगरी आजैबाट डिजिटल पेमेन्ट कम्पनी नमस्ते पेको समेत परीक्षण गरिने भएको छ । मन्त्री गुरुङले भने ‘प्राविधिक कारण त्यसको शुरुवात गर्न सकिएन ।

यद्यपि आजदेखि परीक्षण भने शुरु हुन्छ,’ उनले भने ।

Read More