नागरिक एपबाटै अब बैंक खाता खाेल्न सकिने, यस्ताे छ तरिका


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नागरिक एपबाटै अब बैंक खाता खाेल्न सकिने, यस्ताे छ तरिका

काठमाडौं । अब नागरिक एपबाटै बैंक खाता खोल्न सकिने भएको छ । सरकारले आइतबारदेखि औपचारिक रुपमा प्रयोगमा ल्याएको नागरिक एपबाट क्यूआर स्क्यान गरेकै भरमा बैंक खाता खोल्न सकिने भएको हो ।

प्रधानमन्त्रीले नागरिक एपबाट नेपाल बैंकको खाता खाेलेर यसकाे सुरूवात गरे । याे सेवा हाललाई राष्ट्रिय वाणिज्य बैंकका अतिरिक्त सिद्धार्थ बैंक र नविल बैंकका लागि उपलब्ध छ ।

सम्भव भएसम्मका सबै सरकारी तथा सार्वजनिक सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको नागरिक एपको यो सुविधाले बैंक खाता खोल्दा कागजात तथा पहिचान प्रमाणीकरण गराउन बैंकमै पुग्नुपर्ने बाध्यता अब हुनेछैन ।

नागरिक एपको क्यूआरबाट बैंक खाता खोल्नुका साथै केवाईसी अपडेटको काम समेत गर्न सकिनेछ । यो सेवा हाललाई शिद्धार्थ बैंक र नविल बैंकका लागि उपलब्ध छ ।

क्रमशः अन्य बैंकहरुमा समेत यसलाई चाँडै विस्तार गर्ने सरकारको तयारी छ । भविष्यमा बैंक खाता नम्बर नागरिक एपमा सोझै जोड्न सकिनेछ । जसबाट आफ्नो बैंक खातामा रहेको रकम तथा कारोबारको विवरण हेर्न सम्भव हुनेछ ।

नागरिक एपबाट कसरी खोल्ने बैंक खाता ?

१. यसका लागि तपाईंसँग आफ्नो नागरिक एप रहेको मोबाइलसँगै अर्को कम्प्युटर वा स्मार्टफोन हुन जरुरी छ । त्यसपछि दुवै डिभाइसमा डेटा वा इन्टरनेट भएको निश्चित गर्नुहोस् ।

२. अब कम्प्युटर वा अर्को मोबाइलमा कुन बैंकमा खाता खोल्न चाहेको हो, उक्त बैंकको वेबसाइट खोल्नुहोस् । वेबसाइटमा अनलाइनबाट बैंक खाता खोल्ने विकल्पमा जानुहोस् ।

३. त्यहाँबाट नागरिक एपहुँदै अगाडि बढ्नुहोस् । त्यहाँ एउटा क्यूआर कोड देखिन्छ ।

४. अब आफ्नो मोबाइलमा रहेको नागरिक एपमा जानुहोस् र माथि दायाँ कुनामा रहेको क्यूआर कोड स्क्यानर खोल्नुहोस् ।

५. त्यसपछि नागरिक एपलाई क्यामेराको पहुँच दिनुहोस् । यति गरेसँगै नागरिक एपमा क्यामेरा खुल्छ ।

६. अब कम्प्युटर वा अर्को मोबाइलमा देखिएको क्यूआर कोड स्क्यान गर्नुहोस् । त्यस लगत्तै बैंकले तपाईंको नागरिक एपमा रहेका कुन कुन जानकारी प्राप्त गर्न खोजिरहेको हो भन्ने देखिन्छ ।

७. त्यसपछी ‘कन्फर्म’ गर्नुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा रहेका तपाईंका प्रमाणीत विवरण बैंकको फर्ममा स्वतः भरिएर आउँछन् । ...

Read More