केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब लगानी गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब लगानी गर्ने

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २ अर्ब २१ लाख रुपैयाँ वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको छ।

 

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ६० करोड १७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३० करोड ३ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १० करोड १ लाख रुपैयाँ गरी कूल २ अर्ब २१ लाख रुपैयाँ लगानी गर्न लागेको हो।

बैंकले उक्त रकम २०७८ जेठ २ गतेदेखि २०७९ जेठ १ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी बैशाख २१ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ। यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ।

Read More