आज राष्ट्रिय आईसीटी दिवस, औपचारिक रुपमा सार्वजनिक हुँदै नागरिक एप


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आज राष्ट्रिय आईसीटी दिवस, औपचारिक रुपमा सार्वजनिक हुँदै नागरिक एप

काठमाडौं । आज मे २, राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवस । नेपाल सरकार तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रले आजको यो दिनलाई विशेष रुपमा मनाउने गरेको छ ।

कोरोना महामारीका कारण गत वर्ष जस्तै यस वर्ष पनि आईसीटी दिवस अनलाइनमै सीमित हुने भएको छ । यद्यपी यस वर्षको भर्चुअल कार्यक्रम विशेष हुनेछ ।

‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका साथ मनाइने यस वर्षको राष्ट्रिय आईसीटी दिवसमा सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ ल्याएको नागरिक एपको फुल भर्सन सार्वजनिक हुने कार्यक्रम समेत छ ।

आज बिहान ११ बजेदेखि भर्चुअल रुपमा सुरु हुने विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यस अघि गत माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले परीक्षणको रुपमा नागरिक एपको बेटाभर्सन सार्वजनिक गरेका थिए । बेटा भर्सनमै एपबाटै स्थायी लेखा नम्बर (प्यान) लिन सकिने सेवा सेवा रहेकोमा पछिल्लो समय पुलिस क्लियरेन्स रिपोर्ट समेत लिन सकिने बनाइएको छ । ...

Read More