काठमाडौँ । नबिल बैंक र यूनाइटेड फाइनान्स मर्जर सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नबिल बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमबीच एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको हो । बैंकले फाइनान्सलाई १००:३५ स्वाप रेसियोमा प्राप्ति गर्ने समझदारी भएको बताइएको छ । फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले प्राप्तिपछि बैंकको ३५ कित्ता सेयर पाउनेछन् ।




