लकडाउनमा घरमै बसेर वस्तु तथा सेवा खरीद र डिजिटल भुक्तानी गर्न के के चाहिन्छ ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लकडाउनमा घरमै बसेर वस्तु तथा सेवा खरीद र डिजिटल भुक्तानी गर्न के के चाहिन्छ ?

आधुनिक प्रविधिहरूले मानिसहरूको जीवन सहज र सरल बनाउँदै छ । मुद्राको प्रयोग नभएको अवस्थामा मानिसहरू माना, पाथी, ढक, तराजु यस्तै यस्तै अनेक वस्तुहरूको प्रयोग गरेर आफ्नो आर्थिक क्रियाकलापहरू सञ्चालन गर्थे । पछि क्रमश मुद्राको प्रयोगले मानिसको आर्थिक कारोबार सहज हुदै गयो । बैंक तथा वित्तीय संस्थाहरूको सुरुवात बाट अझ आर्थिक गतिविधिमा सरलता आयो । हाल भने इन्टरनेटको माध्यमबाट घरमा नै बसी बसी आफ्ना आर्थिक क्रियाकलापहरू गर्न सकिने भएको छ । 

सरकारले पछिलो समय कोरोना कहरको कारण लकडाउन गर्ने घोषणा गरेको छ । यस्तो अवस्थामा घरबाट बाहिर निस्कने अवस्था हुँदैन । आफ्ना आर्थिक कामहरू अब घरमा नै बसेर गर्नु पर्ने हुन्छ । त्यसकारण घरमा नै बसेर आर्थिक गतिविधि कसरी गर्ने र के के सामग्रीहरूको आवश्यक पर्छ भनेर जान्नु आवश्यक छ । सामान्य आफ्ना खर्चहरूको बिल डिजिटल भुक्तानिबाट गर्न सिक्यौँ भने पनि हाम्रो जीवन यो अवस्थामा पनि सरल हुने देखिन्छ । यसका लागि निन्न कुराहरूको ज्ञान हुनु आवश्यक छ ः   

डिजिटल भुक्तानिको लागि बैंकबाट एएमएस बैंकिङ, मोवाइल बैंकिङ् तथा इन्टरनेट बैंकिङ् साथै कनेक्ट आइ पि एस को आावश्यक पर्छ । यसको लागि खाता खोल्दा नै यी सेवाहरू लिनु पर्दछ । यदि लिइएको छैन भने सम्बन्धित बैंक बाट यसको फारम भरी यस्तो सेवा लिन सकिन्छ । 

एसएमएस बैंकिङ सेवा 

यो सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई एसएमएसमार्फत उनीहरुको खाताको बारेमा जानकारी दिने गर्दछन् । एसएमएस बैंकिङबाट पैसाको कारोबार लेनदेन पनि गर्न सकिन्छ ।

मेवाइल बैंकिङ् सेवा  ...

Read More