सांग्रिलालाई ७५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिलालाई ७५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं  : सांग्रिला डेभलपमेन्ट बैंकलाई ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसमध्ये ३ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

बाँकी ४ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । 

Read More