कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक (आईएसआइएन) प्रदान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक (आईएसआइएन) प्रदान

कामना सेवा विकास बैंकको (KSBBL) १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र केएसबीबीएल डिबेञ्चर,२०८७ ले अन्तराष्ट्रिय स्तरको परिचय अंक (आईएसआइएन) प्राप्त गरेको छ ।


धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपीई०६८ए११०१ (NPE068A1101) को आईएसआईएन (ISIN) प्रदान गरिएको छ ।

२०७७ माघ २२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको जनाइएकाे छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । आईएसआईएन (ISIN) ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।

Read More
  • MBL - below news