सांग्रिला डेभलपमेन्ट बैंकमा डिजिटल लिड डिस्प्ले जडान, सामाजिक उत्तरदायित्व सम्बन्धी जनचेतनामुलक सन्देश प्रवाह गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकमा डिजिटल लिड डिस्प्ले जडान, सामाजिक उत्तरदायित्व सम्बन्धी जनचेतनामुलक सन्देश प्रवाह गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले डिजिटल लिड डिस्प्ले जडान गरी सो बोर्डमार्फत समेत सन्देश प्रवाह गर्न सुरु गरेको छ । बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने तथा यस बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नौलो तथा नविनतम् सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले २३६ व.फि.को डिजिटल लिड डिस्प्ले बोर्ड यस बैंकको केन्द्रीय केन्द्रीय कार्यालय रहेको भवनमा जडान गरिएको हो।

 

उक्त डिस्प्ले बोर्डले बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत बैंकको विभिन्न प्रडक्ट, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व सम्वन्धी जनचेतनामुलक सन्देश सम्बन्धी जानकारी हुने विश्वास बैंकले लिएको छ । यस किसिमको प्रविधिको जडानले डिजिटल बैंकिङलाई थप टेवा पुग्ने आशा गरिएको छ । बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा यस किसिमको डिजिटल लिड डिस्प्ले जडान गर्ने कार्यको शुरुवात गरी सर्वसाधारणलाई बैंकको विभिन्न प्रोडक्ट, सूचना, वित्तीय जनचेतना सम्बन्धी जानकारी तथा अन्य जानकारीहरु दिन थालिएको बैंकले जनाएको छ ।

Read More