काठमाडौं । २०२१ को पहिलो त्रैमासिकमा पनि गुगलको मातृ कम्पनी अल्फाबेटको आम्दानीले उचाइ छोएको छ । नयाँ वर्षको नयाँ त्रैमासिक पनि महामारीको चपेटामा परेर मानिसहरु घरमा थुनिँदा अल्फाबेटको सेवा अत्याधिक प्रयोग भएकाे हाे ।
कम्पनीको खुद नाफा १६२ प्रतिशतले बढेर तीन महिनामै १७ अर्ब ९० करोड डलर (२१ खर्ब २१ लाखभन्दा बढी) को रेकर्ड राखेको छ । गत जनवरीदेखि मार्चसम्मकाे अवधिमा कम्पनीकाे सबैभन्दा धेरै आम्दानी विज्ञापनकै कारणले बढेको छ ।
गुगलले शक्तिको दुरुपयोग गरी एकाधिकार कायम गरिरहेको विषयमा अमेरिकी प्रशासनबाट अनुसन्धान बढिरहँदा गुगलको आम्दानीमा पछिल्लो विकास भएको हो ।





