राष्ट्रिय वाणिज्य बैंकको बाउन्स चेक दिने एक जना पक्राउ !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंकको बाउन्स चेक दिने एक जना पक्राउ !

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रकाश न्यौपानेको जाहेरीमा धादिङ्ग, साविक बेनीघाट गा.वि.स.वडा नं.८ बाहुनटार परिवर्तित बेनीघाट रोलाङ्ग गाउँपालिका वडा नं.५ बस्ने वर्ष ४५ को ध्रुव प्रसाद कँडेल पक्राउ परेका छन् ।

सात दिन कैद र बाह्र लाख पचास हजार जरिवाना हुने ठहर भएका उनलाई प्रहरी टोलीले १२ गते नक्सालबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । कँडेलले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीको चेक काटेर न्यौपानेलाई दिएका थिए ।

Read More
  • MBL - below news