निषेधाज्ञा लागेपछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
निषेधाज्ञा लागेपछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लागेपछि इन्टरनेट ब्यान्डविथको खपत सामान्य अवस्थाको भन्दा करिब ३० प्रतिशतसम्म वृद्धि भएको छ । धेरैै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीका अनुसार सामान्य अवस्थामा भन्दा २५ देखि ३० प्रतिशतले ब्यान्डविथको प्रयोग बढेको छ । उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लागेसँगै धेरैले समय बिताउन इन्टरनेटको साहारा लिइरहेका छन् ।

नेपालमा सामान्य अवस्थामा ८ सय देखि १००० जीबीपीएस ब्यान्डविथ खपत हुने अनुमान छ । अहिले १००० देखि १२५० जीबीपीएसम्म ब्यान्डविथ खपत भइरहेको अनुमान छ ।

‘अहिलेसम्मको अवस्था हेर्दा हामीलाई खपत बढेअनुसार माग धान्न गाह्रो पर्दैन,’ उनले भने,’ पिक समयमा केही अझै बढी माग आउन सक्छ ।’

Read More