संचालनमा आएको साढे दश बर्ष पुगेको सिभिल बैंकले चालु आर्थिक बर्षको नौ महिनामा उल्लेख्य प्रगति गरेको छ। प्रगतिको मूल कारण ब्याजदरको बिषयमा बैंकहरुबीच कायम भद्र सहमति तोडिनु र खराब कर्जा अनुपात घट्नु रहेको बैंकको सीईओबाट राजिनामा दिएका गोबिन्द गुरुङले बताएका छन् ।
ब्याजदरको बिषयमा बैंकहरुबीच कायम भद्र सहमति तोडीएपछि काम गर्नलाई प्रशस्त मार्ग बनेको गुरुङको भनाई छ। बैंकको सीईओको रुपमा आफ्नो ४ बर्ष कार्यकाल सकिन ३ महिना अगाडी नै राजिनामा दिएका गुरुङले आफ्नो कार्यकालमा बैंकको उपलब्धिबारे सुनाउदै यस्तो बताएका हुन्। भद्र सहमति तोडीएपछि नै सिभिल बैंकले प्रगति गर्ने आधार पाएको उनले बताए।







