काठमाडौं : एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति पाएको छ । जसमध्ये ८ लाख इकाई ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । एनएमबिले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ८.५% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धधको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।








