कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त बनेको छ । यो संक्रमणबाट बच्नका लागि हरेक देशहरुले विभिन्न उपाय अवलम्बन गरेका छन् । नेपाल सरकारले पनि भिडभाडमा नजानका लागि विभिन्न क्षेत्रलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय नै भिडभाडमा सहभागि नहुनु हो । नेपाल जस्तो मुलुकमा यसको संक्रमणउच्च हुन सक्ने अनुमान छ ।
वित्तीय क्षेत्रको भिडभाड पनि संक्रमणका लागि जोखिम हुन सक्छ । यसै कारणले गर्दा त नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्तीय संस्था संघले डिजिटल कारोबार गर्न भनेका छन् । यसको खास कारण बैंकमा भिडभाड नगरौ भनिएको हो । अहिले एटीएमबुथहरु जताततै छन् । प्रसस्त मात्रामा एटीएम भएका कारण बैंकमा भिडभाड नगर्नका लागि एटीएम कार्डको प्रयोग धेरै प्रभावकारी हुनसक्छ । यसरी एटीएम कार्डको प्रयोग बढाउँदा एकातिर बैंकमा भिड लाग्नु नपर्दा कोरोनाको संक्रमणको खतरा कम भयो भने अर्कातिर एटीएम कार्डको प्रयोग जहाँबाट पनि गर्न सकिने भयो ।





