बैंक र बिमाका सेवा पनि निरन्तर
१५ वैशाख, काठमाडौं । निषेधाज्ञा अवधिमा पनि रेमिट्यान्स कम्पनीहरु खुलै रहने भएका छन् । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ । अत्यावश्यक सेवा भएका कारण बैंक तथा बिमा कम्पनीहरु समेत निषेधाज्ञामा खुला हुनेछन् ।
बैंक र बिमासँगै रेमिट्यान्स कम्पनीहरुले पनि निषेधाज्ञामा सेवा दिने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । बैंक तथा रेमिट्यान्स कम्पनीहरुलाई सुरक्षा सतर्कता अपनाएर सेवा दिन निर्देशन दिएको उनले जानकारी दिए ।
‘सकेसम्म डिजिटल कारोबार गर्न आग्रह गरिएको छ, डिजिटल नभए पनि कोरोनाबाट बच्न सुरक्षा मापदण्ड अपनाएर सेवा दिन भनेका छौं’ उनले भने ।
यसका लागि सम्बन्धीत बैंक तथा रेमिट्यान्स कम्पनीहरुको परिचय पत्रको आधारमै आवात जावत गर्न पाउने गरी जिल्ला प्रशासन कार्यालयसँग समन्वय भएको उनले बताए ।
रेमिटर्स एशोसिएसनका अध्यक्ष सुमन पोखरेलले पनि रेमिट्यान्स अर्थतन्त्रका लागि पनि महत्वपूर्ण भएका कारण सेवा अवरुद्ध नहुने बताए । उनका अनुसार कम्पनीहरु दिनभर (कार्यालय समय) भरी नै खुला हुनेछन् । ...





