कोभिड–१९ बाट बढी प्रभावित हुनेमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पनि पर्छन्। राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठसहित ५२ जनालाई कोरोना संक्रमण देखिएको छ।
पिसिआर परीक्षण गर्दा आफूसहित ५२ कर्मचारीमा संक्रमण देखिएको श्रेष्ठले जानकारी दिए। ‘म एक हप्तादेखि नै होम आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ’ उनले भने। केही दिनअघि गरिएको परीक्षणमा ५२ जनाको जनाको नतिजा पोजेटिभ आएको हो।
संक्रमितमध्ये केन्द्रीय कार्यालयका मात्रै आधा संख्या रहेको उनले स्पष्ट पारे। ‘पहिले शाखाका कर्मचारीमा संक्रमण देखियो, अहिले केन्द्रीय कार्यालयका कर्मचारीमा देखियो’ उनले भने।
कोरोना संक्रमण बढ्दै गएको भन्दै भोलिदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरिएको छ।








