काठमाडौं । कोभिड १९ को दोस्रो लहर फैलिएसँगै सरकारले विभिन्न ठाउँमा पूर्ण वा आंशिक निषेधाज्ञा घोषणा गरेको छ । योसँगै फेरि मानिसहरु घरमै सुरक्षित भएर बस्न थालेका छन् । घरबाटै आर्थिक कारोबार गर्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकले डिजिटल प्लेटफर्म प्रदान गरेका छन् ।
अनलाइनबाटै महत्वपूर्ण काम गरिरहँदा हरेक प्रयोगकर्ता सजग हुनुपर्छ । आज हामी तपाईंका लागि केही यस्ता महत्वपूर्ण टिप्स बताउँदैछौं, ताकि तपाईंलाई अनलाइनमा कसैले ठग्न नसकोस् ।
यस्ता गल्ती कहिल्यै नगर्नुहोस्
- कुनै अपरिचित व्यक्तिले पठाएको लिङ्क तथा अट्याचमेण्ट सकेसम्म खोल्दै नखोल्नुहोस् ।
- अरु कसैलाई आफ्नो अकाउण्टको पासवर्ड कहिल्यै शेयर नगर्नुहोस् ।
- अनलाइन बैंकिङको काम सकिने वित्तिकै तुरुन्तै लगआउट गर्नुहोस् ।
- सामाजिक सञ्जालका कुनै पनि माध्यममा जन्म मिति, ठेगाना, फोन नम्बर जस्ता व्यक्तिगत जानकारीहरु शेयर नगर्नुहोस् । किन भने यसको सजिलैसँग गलत प्रयोग हुन सक्छ । अनलाइन ठगीमा समेत पर्न सक्नुहुन्छ ।
यी विषयमा ध्यान दिनुहोस्
- आफ्नो पासवर्डमा कहिल्यै पनि आफ्नो नाम, जन्म मिति तथा फोन नम्बरको प्रयोग नगर्नुहोस् ।
- आफ्नो अकाउण्टको पासवर्ड यस्तो बनाउनुहोस् कि त्यसमा तपाईंको बारेमा कुनै पनि किसिमको अन्दाज गर्न सक्ने विषय नहोस् ।
....





