डिजिटल भुक्तानीमा गर्भनर अधिकारीको ‘लिडरसिप’, यस्तो छ वर्षदिनको प्रगति विवरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल भुक्तानीमा गर्भनर अधिकारीको ‘लिडरसिप’, यस्तो छ वर्षदिनको प्रगति विवरण

राष्ट्र बैंक आफ्नो स्थापनाको ६५ वर्ष पुरा गरी ६६ औं वर्षमा प्रवेश गरको छ ।

 

मुलुकमा कोरोना भाइरस संक्रमण बढेसँगै विद्युतीय कारोबारमा वृद्धि भएको छ।

कोरोना संक्रमण सुर भएसँगै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानीलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । 

तरकारी र चिया पसलमा आफै घुमेर क्युआर कोड प्रयोगमा देखाएको प्रयासलाई सबैले प्रशंसा गरेका छन् । 

गर्भनर अधिकारी नै क्युआर कोड प्रयोग बढाउन आफै हिडेपछि वाणिज्य बैंक तथा मोबाइल वालेटले पनि आक्रमक रुपमा लागिरहेका छन् ।

गर्भनर अधिकारी कै पहलमा अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड प्रयोगमा ल्याइएको छ । गर्भनरले डिजिटल भुक्तानीमा सहजीकरणमा देखाएको प्रयासलाई बैंक तथा वित्तीय संस्थाहरुले खुलेर प्रशंसा गरेका छन ।

यसै सन्दर्भमा राष्ट्र बैंक आफ्नो स्थापनाको ६५ वर्ष पुरा गरी ६६ औं वर्षमा प्रवेश गरको छ । यस अवसरमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोना संक्रमणसँगै एक वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले सूचना तथा सञ्चार प्रविधि र डिजिटल भुक्तानीमा गरेका कामको बारेमा विवरण सार्वजनिक गरेका छन् ।

गर्भनर अधिकारीले यस अवधिमा विद्युतीय भुक्तानीमा क्विक रेस्पोन्स (क्वीआर) कोड मार्फत् हुने भुक्तानीलाई व्यवस्थित गर्न नेपाल क्वीआर स्टान्र्डडाइजेसन फ्रेमवर्क एण्ड गाइडलाइन्स जारी गरेको बताए ।

राष्ट्र बैंकबाट विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार क्रमशः बढ्दै गएको छ ।

यस अवधिमा रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम औपचारिक रुपमा प्रयोगमा आएको छ । यो कुल ३७ बैंक वित्तीय संस्थाले कारोबार सञ्चालनमा ल्याएका छन् । 

हाल १० वटा संस्थाहरुले भुक्तानी प्रणाली सञ्चालन (पिएसओ) र २८ संस्थाहरुले भुक्तानी सेवा प्रदायक (पिएसपी) को अनुमतिपत्र प्राप्त गरेका छन् । 

‘भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७’ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०७६, ७७ को वार्षिक ओभरसाइट प्रतिवेदन प्रकाशन गरिएको छ । साथै, भुक्तानी प्रणालीको विकास सम्बन्धी सूचनाहरु प्रत्येक महिना यस बैंकको वेबसाइटमा प्रकाशन गर्न सुरु गरिएको छ । ...

Read More