नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई गुगल प्लस कोड कार्यन्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आफ्नो ब्यबस्थापन सूचना प्रणाली तथा सेवाग्राहीको ठेगानामा प्लस कोड समेत राखी ठेगाना अध्यावधिक गराउन गराउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
प्लस कोड भनेको गुगलले संचालनमा ल्याएको गुगल म्याप्स एप्लिकेशनमा आधारित जीपीएस प्रणालीको लोकेसन कोड हो । यो कोड मार्फत जुन सुकै लोकेशन पनि सहजै पत्ता लगाउन सकिन्छ । गुगल म्याप्समा पनि कोड अनुसारको लोकेशन हेर्न सकिन्छ ।




