सानिमा बैंक र माइती नेपालबीच सम्झौता नवीकरण, १० लाख सहयोग दुई वर्षसम्म


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंक र माइती नेपालबीच सम्झौता नवीकरण, १० लाख सहयोग दुई वर्षसम्म

सानिमा बैंक लिमिटेड र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ ।  

मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राखेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई दश लाख रुपैयाँ सहयोग गर्ने  जनाएको छ ।

माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ । सो समझदारीपत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर  गरे । 

Read More
  • MBL - below news