महालक्ष्मी लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाका बरिष्ठ एजेन्सी मेनेजर ज्ञानबहादुर कुँवरले सालीलाई १० लाखको बिमा पोलिसी उपहार दिएका छन् ।
झापा बिर्तामोड निवासी कुँवरले साली रुपा सुवेदीदाई बचत र सुरक्षाका लागि महत्वपुर्ण भएकाले बिमा पोलिसी हस्तान्तरण गरेको बताए । उनले भने ‘गाग्रो र परम्परागत उपहार भन्दा पनि वर्षौसम्म उपयोग र सम्झना होस् भन्ने हेतु ले पोलिसी दिएको हुँ ।’ पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक बर्षगाँठको अवसरमा दिइने उपहारको प्रकार परिवर्तन भएसँगै आफुले पनि सो उपहार दिएको बनले बताए । उनले भने ‘आजकल ओइलाएर जाने फुलको बुकी होइन जीवन नै हराबरा बनाउने बीमा पोलिसीउपहार दिनु आवश्यक छ ।’





