स्विफ्ट टेक्नोलोजी प्रालि सफ्टवेयर विकासको क्षेत्रमा करिब डेढ दशकदेखि निरन्तर काम गरिरहेको स्वदेशी कम्पनी हो । स्थापनाको करिब सात वर्षसम्म सबैभन्दा चुनौतीपूर्ण मानिने रेमिटेन्सको क्षेत्रमा गुणस्तरीय सफ्टवेयर उपलब्ध गराएर पहिचान बनाएको यो कम्पनी पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रलाई पूर्ण डिजिटाइज्ड गर्ने उद्देश्यले काम गरिरहेको छ । बैंकका डिजिटल सेवालाई बैंककै सेवामा अटोमेटसन गर्न सक्ने सफ्टवेयरको निर्माण गरी हाल कार्यान्वयनको चरणमा रहेको कम्पनीको दाबी छ । नेपाल आइएमई ग्रुपअन्तर्गत सञ्चालित स्विफ्ट टेक्नोलोजीका सिइओ रघु नाथ भण्डारीसित बैंकिङ क्षेत्रमा डिजिटाइजेसनको वर्तमान अवस्था र भावी सम्भावनाबारे बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।
नेपालमा राष्ट्र बैंकको अगुवाइमा चलिरहेको डिजिटाइजेसन अभियानमा के–कस्तो काम भएको पाउनुभएको छ ?





