सवा करोड पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सवा करोड पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता

कोरोना महामारीले धेरै क्षेत्रमा समस्या सिर्जना गर्‍यो। खासगरी भौतिक रूपमा उपस्थित भएर गर्नुपर्ने काम, पेसा व्यवसाय सबै प्रभावित भए। तर यही बीचमा प्रविधिको प्रयोग गरेर भौतिक रूपमा उपस्थित नभए पनि गर्न सकिने काममा भने तिव्रता आयो। कोरोना संक्रमणको त्रासका कारण सर्वसाधारण बैंक तथा वित्तिय संस्थामा पुग्न डराए। सर्वसाधारण यसको विकल्पमा डिजिटल कारोबारमा गए। यसैका कारण कोरोना कालमा बैंक तथा वित्तीय संस्थाको डिजिटल कारोबार सोचेभन्दा धेरै बढन पुग्यो।  

नेपाल राष्ट्र बैंकका अनुसार अहिले सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या एक करोड २७ लाख पुगेको छ। बैंकरहरू लकडाउनले गर्दा धेरै ग्राहकमा डिजिटल कारोबार सजिलो र सुरक्षित रहेछ भन्ने चासो बढेको बताउँछन्। यतिखेर मोबाइल बैंकिङ प्रयोगकर्ता मात्र नभई इन्टरनेट बैंकिङ ग्राहक संख्या पनि बढेर ११ लाख पुगेका छन्। यस्तै ८३ लाखले कार्ड लिएका छन्।

गा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली डिजिटलाइजेसनले सुरक्षा र सहजता प्रदान गर्ने भएकाले ग्राहक र बैंक द’वै उत्साही रहेको बताउँछिन्। ‘डिजिटलाइजेसनमा जाने बैंकहरूको चाहना पहिलेदेखिकै हो,’ उनले भनिन्, ‘कोरोना महामारीको बेला गरिएको लकडाउनले धेरैलाई डिजिटलाइजेसनको महत्वबारे झनै ज्ञान भयो।’

लकडाउन अघि डिजिटल कारोबार गर्न सम्झाइ बुझाई गर्नुपर्ने ग्राहकलाई लकडाउनपछि यस्तो कारोबारका लागि त्यति धेरै मेहनत गर्नुपरेन। नबिल बैंकका डिजिएम मनोज ज्ञवाली डिजिटल कारोबार गर्ने ग्राहकको संख्या र कारोबार बढ्दा बैंक र ग्राहक दुवैलाई फाइदा भइरहेको बताउँछन्। यतिखेर बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेको संख्या भने करिब साढे तीन करोड पुगेको छ। पछिल्लो एक वर्षमा करिब २० प्रतिशतले डिजिटल कारोबार गर्नेहरू बढेको बैंकरहरू बताउँछन्।  

लकडाउनले यसरी भयो सहजता ...

Read More